ताजा समाचार


एमाले उपाध्यक्ष भीम रावलले दिए सांसद पदबाट राजीनामा

द रियल समाचार     २०७८ श्रावण ३, आईतवार, १६: ४० मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् । रावलले प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिनुभन्दा अघि नै राजीनामाको घोषणा गरेका हुन् ।

रावलले राजनीतिको पछिल्लो अनैतिक खेलमा आफू संलग्न नहुने निर्णयसँगै राजीनामाको घोषणा गरेको बताए । उनले आफू पार्टी एकताको पक्षमा रहेको र अनैतिक खेलमा नलाग्ने बताए ।

अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा राजीनामा दिएको घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।

सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top