ताजा समाचार


भन्सार छली गरि ल्याएका लाखौंको सामान बरामद

द रियल समाचार     २०७८ श्रावण ३, आईतवार, १५: ५६ मा प्रकाशित




झापा । प्रहरीले झापाका दुई छुट्टाछुट्टै स्थानबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरेको छ । अन्दाजी ७ लाख ७५ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–४, आमडागीबाट अन्दाजी २ लाख ७५ हजार रुपैयाँ बराबरको जुस, लत्ता कपडा र सुर्तीजन्य पदार्थ बरामद गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकारी नविनराज राईले जानकारी दिए ।

यसैगरी ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ बाट भारतबाट नेपालतर्फ अवैध रुपमा भित्र्याउँदै गरेको अन्दाजी ५ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ ।

अवैध रुपमा ल्याइएका सामानहरु आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top