ताजा समाचार


क्रियाशील सदस्यता वितरणमा धाँदली भएको भन्दै काँग्रेसका ३ नेता आमरण अनसनमा

द रियल समाचार     २०७८ श्रावण ३, आईतवार, १५: ३५ मा प्रकाशित




काठमाण्डौ । क्रियाशील सदस्यता वितरणमा धाँदली भएको भन्दै नेपाली काँग्रेसका ३ जना नेताहरु पार्टी कार्यालय, सानेपामा आमरण अनसन बसेका छन् ।

काँग्रेस नेता डा. चन्द्रमोहन यादव, रामपल्टन साह र दिनेश नायकले आइतबार बिहान साढे ११ बजेदेखि अनसन थालेका हुन् । धनुषाको क्षेत्र नम्बर १ र ४ को क्रियाशील सदस्यता वितरणमा धाँदली भएको उनीहरुको दाबी छ ।

यसबारे जिल्ला छानविन समितिले सर्वसम्मत रुपमा बनाएको प्रतिवेदन लागू हुनुपर्ने आफूहरुको माग रहेको डा. यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top