काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप खरिदलाई चुस्त रूपमा अघि बढाउन निर्देशन दिएका छन् । सरोकारवालाहरूलाई बोलाएर देउवाले यस्तो निर्देशन दिएका हुन् ।
देउवाले स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विज्ञहरु, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखा प्रमुख लगायतलाई बोलाएर खोप खरिदलाई चुस्त रूपमा अघि बढाउन र खोप केन्द्रहरू बढाएर सहज रूपमा खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
कोरोनाको तेस्रो लहरको लागि पूर्व तयारी गर्न समेत प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका हुन् । सीमा नाकाहरूमा होल्डिङ सेन्टर बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, बेड र आइसियूको प्रबन्ध गर्न समेत निर्देशन दिएका हुन् ।
प्रतिक्रिया