ताजा समाचार


देउवालाई विश्वासको मत दिने सांसद पार्टीमा नरहने एमालेको निष्कर्ष

द रियल समाचार     २०७८ श्रावण ३, आईतवार, १४: ४७ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बसेको बैठक सकिएको हो ।

बैठकले आइतबार शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसद पार्टीमा नरहने निष्कर्ष निकालेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका प्रवक्ता ज्ञवालीले पार्टीले विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘हामी प्रतिपक्षमा रहन्छौं, सरकारलाई समर्थन गर्न सक्दैनौं । पार्टीका सांसदहरु र सम्भव भएसम्म अरु पार्टीका सदस्यहरुलाई पनि भन्नेछौँ ।’

साथै एमालेले देउवा नेतृत्वको सरकारलाई विपक्षमा मतदान गर्ने निर्णय गरेको भन्दै आजको प्रतिनिधिसभा बैठकपछि थप कुराहरु बताउने उनले बताए । देउवालाई माधव नेपाल समूहका नेताहरुले विश्वासको मत हालिसकेपछि भने उनीहरु पार्टीमा नरहने उनले प्रष्ट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top