ताजा समाचार


देउवालाई विश्वासको मत दिने कुरामा अलमल नगर्न सांसदहरुलाई खनालको आग्रह

द रियल समाचार     २०७८ श्रावण ३, आईतवार, १४: ४३ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने कुरामा अलमल नगर्न सांसदहरुलाई आग्रह गरेका छन् ।

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले एक वक्तव्य जारी गरी यस्तो आग्रह गरेका हुन् ।

‘सर्वोच्च अदालतको उक्त फैसलापछि लोकतान्त्रिक आन्दोलनका सहयोद्धा माननीय शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेको छ’ खनालले भनेका छन्, ‘यो सरकार अब दुई वर्षसम्म निर्वाध रुपले चल्न सक्नुपर्छ ।

त्यसैले म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनैपनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु ।’

उनले देउवाले विश्वासको मत प्राप्त नगरे मुलुक फेरि संकटग्रस्त हुने दावी गरेका छन् । खनालले पार्टी एकताका लागि दोश्रो पुस्ताका नेताहरुको पहलकदमीलाई भने समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top