ताजा समाचार


नदीहरुमा जलस्तरको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह

द रियल समाचार     २०७८ श्रावण २, शनिबार, १८: ११ मा प्रकाशित




रौतहट । लगातारको वर्षाले नदीहरुमा जलस्तरको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन रौतहट प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार एक सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा जारी सूचनामार्फत बागमती, लालबकैया नदीका साथै जिल्लाका स–साना खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।

लगातारको वर्षाले जिल्लाको पूर्वी किनारमा बागमती र पश्चिममा लालबकैया नदीमा पानीको सतह बढ्ने मौसमविद्ले बताएकाले सतर्क रहन आग्रह गरेको प्रजिअ यादवले बताए । मुसलधारे बर्षाको कारण बागमती, लालबकैया नदी तथा चाँदी लगायतका खोला तथा नदीमा पानीको सतह बढ्दै गएको उनले जानकारी दिए ।

जिल्लाका नदीहरुमा पानीको सतह बढेपछि दक्षिणी भेगका गाँउहरु डुबानमा पर्ने गर्दछ । बागमती र लालाबकैया नदीमा आउने बाढीको पानी भारतिय बाँधको कारण तत्काल निकास हुन नसक्दा जिल्ला सदरमुकाम गौर, ईशनाथलगायतका क्षेत्र डुबानमा पर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top