ताजा समाचार


ठाकुर र यादव पक्षको दुबै समूह बराबरी अवस्थामा

द रियल समाचार     २०७८ श्रावण २, शनिबार, १७: ५७ मा प्रकाशित




काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलमा ठाकुर र उपेन्द्र पक्षको दुइवटै समूह बराबरीको अवस्थामा पुगेको छ । जसपा अध्यक्ष महन्थ ठाकुर समूहबाट चारजना सांसद उपेन्द्र पक्षमा गएपछि ठाकुर र उपेन्द्र समूह बराबरीको अवस्थामा पुगेको हो ।

ठाकुर समूहबाट आज सांसद प्रमोद साहको नेतृत्वमा चार सांसद उपेन्द्र समूहमा गएका हुन् । उपेन्द्र पक्षमा जानेहरुमा सांसद साहसहित, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल रहेका छन् । यी चारैजना सांसद आजै औपचारिक रुपमा उपेन्द्र समूहले पार्टी कार्यालय बालकुमारीमा राखेको संसदीय दलको बैठकमा सहभागी भएका थिए । उनीहरु ठाकुर समूहले राखेको बैठकमा अनुपस्थित थिए ।

सांसद साहले फरकधारसँग कुरा गर्दै आफूसहित चारजनाले ठाकुर पक्षको साथ छाडेको बताए । ठाकुर समूहबाट आफूहरुले मान नपाएका कारणले उनलाई छाडिएको सांसद साहको भनाइ छ । औपचारिक फुटको डिलमा रहेको जसपामा अहिले सांसद तानातानको राजनीति सुरु भएको छ । संसदीय दलमा बहुमत जुटाउने उद्देश्यले अहिले जसपाभित्र सांसद तान्ने खेल सुरु भएको छ ।

जसपा निलम्बनमा परेका दुई सांसदबाहेक ३२ जना सांसद छन् । जसमध्ये चारजना उपेन्द्र समूहमा गएपछि अब जसपाका दुईवटै खेमा संसदीय दलमा बराबरीको अवस्थामा पुगेका हुन् ।

यसअघि ठाकुर समूहमा २० र उपेन्द्र समूहमा १२ जना सांसद थिए ।

–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top