जनकपुरधाम । धनुषामा एकै परिवारका दुई बालकको नदीमा डुबेर मृत्यु भएको छ ।
डुबेर मृत्यु हुनेहरूमा जिल्लाको धनौजी गाउँपालिका–५ बहुअर्बाका श्रीकिशुन कापरका ८ वर्षीय छोरा राकेश कापर र दिपु कापरका ६ वर्षीय छोरा आशिक रहेका छन् ।
दुबै बालक धान रोप्न आमाबुवासँगै खेतमा गएका थिए । सोही क्रममा खेत नजिकै रहेको मखनाहा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रतिक्रिया