काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले साम्यवाद र समाजवादको बाटोबाट समृद्धि र समानताको लक्ष्य प्राप्त नहुने बताएका छन् । थापाले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
अध्यक्ष थापाले अबको बाटो राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ’समवर्द्धनवाद’ हुनुपर्ने धारणा राखेका छन् । थापाले अब साम्यवाद र समाजवादको औचित्य नरहेको बताएका हुन् ।
थापाले लेखेका छन्, ‘निरन्तरतासहितको परिवर्तन, बहुलवाद, उदार अर्थतन्त्र, समावेशीता, हिन्दु राष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र सम्वर्द्धनवादको सार हो ।’
प्रतिक्रिया