काठमाण्डौ । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री तथा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आइतबार संसदीय दलको बैठक बोलाएका छन् ।
आइतबार २ बजेका लागि संसदीय दलको बैठक बोलाइएको कांग्रेस महामन्त्री शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिएका छन् ।
सरकारले संसदमा विश्वको मत लिने विषयमा छलफलका लागि बैठक बोलाइएको तिवारीले बताए । साथै पार्टीका अन्य विषयमा पनि बैठकमा छलफल हुनेछ ।
देउवाले साउन ७ गतेभित्र विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रतिक्रिया