ताजा समाचार


क्यान्सरका कारण नेपाली काँग्रेस रौतहटका नेता रामाज्ञा यादवको निधन

द रियल समाचार     २०७८ श्रावण २, शनिबार, १४: ०६ मा प्रकाशित




रौतहट । नेपाली काँग्रेस रौतहटका नेता रामाज्ञा यादवको निधन भएको छ । ५० वर्षको उमेरमा यादवको शुक्रबार राति भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

पछिल्लो तीन वर्षदेखि ब्लड क्यान्सरबाट पीडित उनको झन्डै एक वर्षदेखि भरतपुरमा डायलासिस हुँदै आएको थियो । उपचारकै क्रममा गएराति निधन भएको उनका सहयोगी नेक महमदले जानकारी दिए ।

यादवको आजै उनकै गाउँ बृन्दाबन नगरपालिका–८ बहुअरी छेउमा अन्त्येष्टी गरिने परिवारजनले जनाएको छ । उनी रौतहट क्षेत्र नम्बर ४ का काँग्रेस सभापति थिए । गत निर्वाचनमा उनी कांग्रेसबाट प्रदेश सांसदमा चुनाव लडेका थिए ।

उनका २ छोरा र १ छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top