ताजा समाचार


प्रदेश २ सरकारबाट जसपाका दुई मन्त्री आउट, माओवादीको इन्ट्री

द रियल समाचार     २०७८ श्रावण २, शनिबार, ११: २६ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ सरकारको नेतृत्वबाट एक मन्त्री र एक राज्यमन्त्री बाहिरिएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कुमार यादव र सोही मन्त्रालयका राज्यमन्त्री सरोज सिंह कुशवाहाले शनिबार बिहान मुख्यमन्त्री लालबाबु राउतसमक्ष राजिनामा पत्र बुझाएका छन् ।

नेकपा माओवादी केन्द्रलाई एक मन्त्री र एक राज्यमन्त्रीको पद दिएर सरकारमा सहभागी गराउने सहमतिपश्चात मार्ग प्रशस्त गर्न पार्टीको निर्देशनानुसार दुबै मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री राउतले दुबैजनाको आजै विदाई समेत गरेका छन् ।

यसैबिच, आजै दिउँसो ३ बजे माओवादीलाई सो मन्त्रालयको जिम्मेवारी दिएर सपथ ग्रहणको तयारी भईरहेको बताइएको छ ।

माओवादी केन्द्रबाट संसदीय दलका नेता भरत प्रसाद साह मन्त्री र रुवी कुमारी कर्ण राज्यमन्त्री बन्न लागेका छन् ।

सरकारको तर्फबाट वार्ता टोलीका सदस्य समेत रहेका उपनेता जगत यादवले केन्द्रबाटै अध्यक्ष प्रचण्ड र उपेन्द्र यादवबिच मन्त्रालय बाँडफाँडको विषयमा सहमती भएरै आएको जानकारी दिए । मन्त्री बन्न लागेका साह महोत्तरी क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन भने कर्ण सप्तरी निवासी समानुपातिक सांसद हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top