ताजा समाचार


बालआश्रमलाई कम्प्युटर प्रदान गरी प्रहरी संगठनले मनायो छैठौं बार्षिकोत्सव

द रियल समाचार     २०७८ श्रावण १, शुक्रबार, २३: ३८ मा प्रकाशित




जनकपुरधाम । नेपाल प्रहरी प्रहरी सहायक निरीक्षक १६४ औं समूहले छैठौं बार्षिकोत्सव फरक तरिकाले मनाएको छ ।

सत्य सेवा सुरक्षणमको मुल मन्त्रलाई शिरोधार्य गर्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-८ स्थित सन्त कविर बालआश्रमका बालबालिकाहरुसँग उनीहरूले बार्षिकोत्सव मनाएका हुन् ।

संगठनको प्रहरी सहायक निरीक्षक पदमा प्रवेश गरेको ६ वर्ष सेवा अवधि पूरा गरेको अवसरमा कोरोना महामारी जस्तो विषम परिस्थितिमा अनलाइन कक्षाबाट वञ्चित रहेका आश्रमका बालबालिकाहरुलाई १६४ औँ समुहका प्रहरी सहायक निरीक्षकहरुको व्यक्तिगत तर्फबाट कम्प्युटर लगायतका सामग्रीहरु वितरण गरिएको छ ।

यस महामारीको समयमा बालबालिकाहरुलाई आश्रमबाटै अनलाइन माध्यमले अध्ययन अध्यापनमा सहजीकरण गर्ने उद्देश्यले एक थान डेस्कटप कम्प्युटर आश्रमका संस्थापक एवं सञ्चालक सन्त सत्यनारायण आलोकलाई हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top