ताजा समाचार


प्रदेश २ : सञ्चारमन्त्री यादव राजीनामा दिँदै

द रियल समाचार     २०७८ श्रावण १, शुक्रबार, २२: २८ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ सरकारका एक मन्त्रीले राजीनामा दिन लागेका छन् ।

सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले राजीनामा दिन लागेका हुन् ।

नेकपा माओवादी केन्द्रलाई सरकारमा सम्मलित गरेर मन्त्रीपरिषद विस्तारको तयारी गरिरहेको अवस्थामा मार्ग प्रशस्त गर्न आफूले राजीनामा दिन लागेको उनले बताए ।

उनले अहिलेको अवस्थामा सर्वपक्षीय सर्वदलीय सरकार निर्माण वर्तमान आवश्यकता रहेकोले आफ्नो राजीनामा आउन लागेको जानकारी दिए ।

यता, माओवादी स्रोतका अनुसार शनिबार दिउँसो ३ बजे सरकारमा सहभागी भई मन्त्रीहरुले सपथ लिन लागेका हुन्।

माओवादी संसदीय दलका नेता भरत प्रसाद साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने बताइएको छ । स्रोतका अनुसार जसपाका भागमा रहेको एउटा मन्त्रालय माओवादीलाई दिने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top