ताजा समाचार


प्रदेश प्रमुख झाद्वारा दुई विधेयक प्रमाणीकरण, दुई विधेयक पुनः फिर्ता पठाइयो

द रियल समाचार     २०७८ असार ३१, बिहीबार, १९: २३ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ का प्रमुख डाक्टर राजेश झा अहिराजले प्रदेश सभाबाट पारित भई आएका २ वटा विधेयक प्रमाणीकरण गरेका छन् भने दुई विधेयक फिर्ता गरेका छन् ।

बिहीबार प्रदेश प्रमुख डाक्टर राजेश झा अहिराजले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८’ र ‘विनियोजन विधेयक २०७८’ प्रमाणीकरण गरेका छन् भने स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता पठाएका छन् ।

प्रदेश प्रमुख झाले यसअछि पनि सोही दुईटा विधेयक प्रमाणीकरण नगरि फिर्ता पठाएका थिए । स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयकमा आवश्यक १३ बुँदे सुझावसहित परिमार्जन गरेर विधेयक ल्याउन भन्दै प्रदेशसभामा फिर्ता पठाइएको छ । त्यस्तै प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा समेत ११ बुँदे सुझावसहित प्रदेशसभालाई विधेयक फिर्ता पठाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख झाले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम अन्य दुईवटा विधेयकहरु प्रमाणीकरण गरेका छन् ।

प्रदेशसभाले पारित गरेर प्रदेश प्रमुखसमक्ष प्रमाणीकरणका लागि पठाउने व्यवस्था संविधानमा छ । यसरी प्रदेशसभाले पारित गरी पठाएका विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि लागू हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top