ताजा समाचार


अमिताभ बच्चनले आफ्ना पिता हरिवंशरायका सबै पुस्तकलाई आफ्नो आवाजमा रेकर्ड गर्ने

द रियल समाचार     २०७८ असार ३१, बिहीबार, १८: २१ मा प्रकाशित




एजेन्सी । अमिताभ बच्चनले आफ्ना फ्यानका लागि एउटा ठूलो घोषणा गरेका छन्, जसलाई उनले ट्वीटरमा पोस्ट गरेका हुन् ।

उनको घोषणाअनुसार उनले आफ्ना साहित्यकार पिता हरिवंशराय बच्चनका सबै पुस्तकलाई आफ्नो आवाजमा रेकर्ड गर्ने तयारी गरेका छन् ।

उनी लेख्छन्, ‘म आफ्नो पूजनीय पिताजीको लेखनीलाई आफूबाट टाढा राख्न सक्दिन । अब उनका गम्भीर कुराहरु मेरो आवाजमा सुन्नूस ।’
अमिताभले आफ्नो ट्वीटरमा पोस्ट गरेको एक तस्विरमा उनी आफ्ना पिता हरिवंश राय बच्चनद्वारा लिखित एक पुस्तक ‘प्रतिनिधि कविताहरु’सहित देखिएका छन् ।

तरपनि उनले यो प्रोजेक्टलाई गोप्य राखेका छन् । तर, उनले हरिवंश राय बच्चनको कुन पुस्तकलाई आधिकारिकरुपमा रेकर्ड गरिएको छैन भनेर खुलाएका छैनन् । अमिताभका फ्यानले उनको यो घोषणालाई प्रचारप्रसार गर्न सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top