एजेन्सी । भारतमा कोरोनाका ४१ हजार ८ सय ६ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो । अघिल्लो दिन ३८ हजार ७ सय ९२ जना नयाँ सङ्क्रमित थपिएका थिए ।
त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले थप ३९ हजार १ सय ३० जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ४ लाख ३२ हजार ४१ रहेको अधिकारीले जनाएका छन् ।
पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ५ सय ८१ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ३ करोड ९ लाख ८७ हजार ८ सय ८० पुगेको छ भने तीमध्ये ३ करोड १ लाख ४३ हजार ८ सय ५० जना सङ्क्रमणमुक्त भएका छन् ।
कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म ४ लाख ११ हजार ९ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ । भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४३ करोड ८० लाख ११ हजार सय ९५८ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १९ लाख ४३ हजार ४ सय ८८ जनाको स्वाब परीक्षण भएको छ ।
त्यसैगरी भारतमा अहिलेसम्म ३९ करोड १३ लाख ४० हजार ४ सय ९१ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ । ती मध्ये ३४ लाख ९७ हजार ५८ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ ।
–एएनआई
प्रतिक्रिया