ताजा समाचार


नेपाल नेतृत्वको असन्तुष्ट पक्षद्वारा अखिल फोर्स गठन

द रियल समाचार     २०७८ असार ३१, बिहीबार, १७: २५ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूमा वरिष्ठ नेता माधव कुमार नेपाल नेतृत्वको असन्तुष्ट पक्षले अखिल फोर्स गठन गरेको छ ।

अनेरास्ववियूले बिहीबार प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा गरेको उपत्यका स्तरीय विद्यार्थी भेलाले अखिल फोर्स गठन गर्ने निर्णय गरेको हो ।

अखिल फोर्सको नेतृत्व आरआर क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति तपेन्द्रजंग शाहीले गर्ने निर्णय भेलाले गरेको छ ।

शाहीको नेतृत्वमा १ हजार १ सदस्य रहनेगरी फोर्सको गठन भएको शाहीले बताए । एक साताभित्र फोर्स गठन प्रक्रिया पूरा हुने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top