ताजा समाचार


सत्य निरुपण र बेपत्ता छानविन आयोगको म्याद थप

द रियल समाचार     २०७८ असार ३१, बिहीबार, १७: २१ मा प्रकाशित




काठमाण्डौ । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग तथा पदाधिकारीको कार्यअवधि थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र पदाधिकारीको कार्यावधि १ वर्ष थप गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

यस्तै, बैठकले संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउने निर्णय पनि गरेको छ । बैठकले साउन ३ गते आइतबार अपरान्ह ४ बजेका लागि दुवै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top