ताजा समाचार


साउन ३ गतेका लागि संसद बैठक बोलाउन सरकारको सिफारिस

द रियल समाचार     २०७८ असार ३१, बिहीबार, १५: ३५ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले साउन ३ गतेका लागि संसद बैठक बोलाउन सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । तर सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला सुनाउँदै साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top