काठमाण्डौ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसहित तीनजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मद्दा दायर गरेको छ ।
हिरासतमा रहेको व्यक्तिलाई धरौटीमा छुटाइ दिन्छु भनी ६० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका उनीहरुलाई भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायण रिसालले जानकारी दिए ।
पक्राउ परेका प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठ, श्रेष्ठको लागि पैसा लिने अनिश जोशी र विमानस्थल भन्सार कार्यालयका कर्मचारी राम खड्काविरुद्ध अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारको टोलीले उनीहरुलाई गत फागुन २३ गते घुस रकम ६० हजार रुपैयाँसहित पक्राउ गरेको थियो । अख्तियारले प्रहरी हवल्दार श्रेष्ठसँग ६० हजार रुपैयाँ विगो माग गरेको छ । त्यस्तै थुनामा रहेका व्यक्ति छुटाउन पैसा लिने अनिश जोशी र विमानस्थल भन्सार कार्यालयका कर्मचारी राम खड्कासँग ३०/३० हजार विगो माग गरिएको छ ।
प्रतिक्रिया