ताजा समाचार


प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने राष्ट्रिय जनमोर्चाको निर्णय

द रियल समाचार     २०७८ असार ३१, बिहीबार, १४: ४७ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रिय जनमोर्चाले संसदमा विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्रीमा नियुक्त देउवाले २७ साउनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान छ ।

यसअघि बनेको पाँच दलीय गठबन्धनमा पनि सहभागी भएको जनमोर्चाले विश्वासको मत दिए पनि सरकारमा आफ्नो सहभागिता नजनाउने निर्णय गरेको हो ।

जनमोर्चाकी एक मात्र सांसद दुर्गा पौडेलले आफूहरुले सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी नहुने र बाहिर रहेर सरकारका काममा सहयोग गर्ने निर्णय गरेको जानकारी दिइन् ।

‘सरकारमा सहभागी नभए पनि हामी बाहिर रहेर सरकारका कामहरुअनुसार समर्थन गर्छौँ, विरोध गर्छौँ,’ उनले भनिन्, ‘सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने निर्णय हामीले गरेका छौँ ।’ बुधबार पार्टीको बैठकले यस्तो निर्णय गरेको भन्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति पनि सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top