ताजा समाचार


प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

द रियल समाचार     २०७८ असार ३१, बिहीबार, १४: ३३ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत ¥यान्डी बेरीबीच भेटवार्ता भएको छ ।

बिहीबार विहान बुढानिलकण्ठस्थित देउवा निवासमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध सुधारका विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ । यसबारे प्रधानमन्त्री देउवाले ट्विट पनि गरेका छन् ।

भेटघाटमा प्रधानमन्त्री देउवाले बेरीलाई नेपाललाई थप कोरोनाभाइरसविरुद्धको खोप दिन अनुरोध गरेका थिए । बेरीले यसमा सहमति जनाएका छन् । यो भेटसँगै अमेरिकाबाट नेपालका लागि थप कोरोना भ्याक्सिन आउने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top