ताजा समाचार


जागिर लगाइदिने लोभ देखाएर १५ वर्षीया किशोरीलाई बलात्कार गर्ने कानू पक्राउ

द रियल समाचार     २०७८ असार ३१, बिहीबार, १४: १५ मा प्रकाशित




पर्सा । पर्सामा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्लाको बहुदरमाई नगरपालिका–२ पिपराटोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

किशोरीका अभिभावकले कानुले असार १४ गते ती किशोरीलाई विवाह गर्ने र जागिर लगाइदिने भन्दै बलात्कार गरेको उजुरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कानुविरुद्ध अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top