कैलाली । कञ्चनपुरमा भान्जाको कुटाइबाट मामाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको आफ्नै भान्जाको प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सामान्य विवादकै क्रममा कुटपिट हुँदा लुहारको मृत्यु भएको हो । बुधबार राति लुहारलाई उनकै भान्जा २२ वर्षीय गिरधारी लुहारले कुटपिट गरेका थिए । भान्जाकै कुटाइबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले बताए ।
छिमेकी समेत रहेका मामा–भान्जाबीच के विषयमा विवाद थियो भन्नेखुल्न नसकेको डिएसपी न्यौपानेको भनाइ छ । कुटपटिमा संलग्न भान्जा गिरधारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया