ताजा समाचार


बारामा ट्रकले ठक्कर दिँदा प्रहरी सहायक निरीक्षक राउतको मृत्यु

द रियल समाचार     २०७८ असार ३१, बिहीबार, १४: ०० मा प्रकाशित




बारा । बारामा ट्रकले ठक्कर दिँदा एक प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ घर भइ रौतहटको इलाका प्रहरी कार्यालय सन्तपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक ४४ वर्षीय रमेशकुमार राउतको घटनास्थलमै मृत्यु भएको हो ।

बुधबार राति महागढी नगरपालिका–२ स्थित भुतही पुल नजिक प्रदेश २–०३–००१ ख ७१५ नम्बरको ट्रकले स.५ प.९५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

रौतहट सन्तपुरस्थित प्रहरी कार्यालयबाट मोटरसाइकलमा आफ्नो घर फर्किंदै गरेका बेला राउत सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा पठाइएको र ट्रक सहित चालकलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top