ताजा समाचार


सर्लाहीबाट स्रोत नखुलको ५ लाख रुपैयाँसहित एक महिला पक्राउ

द रियल समाचार     २०७८ असार ३१, बिहीबार, १३: ४८ मा प्रकाशित




सर्लाही । सर्लाहीबाट स्रोत नखुलको ५ लाख रुपैयाँसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–३ की ३० वर्षीया रेहाना खातुन रहेको प्रहरीले जनाएको छ ।

विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले मलंगवा नगरपालिका–८ झिलमिलिया माई मन्दिर नजिकबाट खातुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

भारतबाट नेपालतर्फ आउँदै गरेकी खातुनलाई रोकेर चेकजाँच गर्दा उनले बोकेको प्लाष्टिकको झोलाभित्र ५ लाख रुपैयाँ फेला परेको डिएसपी बुढाथोकीले बताए । खातुनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सर्लाहीमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top