ताजा समाचार


प्रदेश २ लोक सेवा आयोगद्वारा ठूलो संख्यामा विज्ञापन आह्वान

द रियल समाचार     २०७८ असार ३१, बिहीबार, १३: ३७ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ लोक सेवा आयोगले अधिकृत स्तरको पदका लागि ठूलो संख्यामा विज्ञापन आह्वान गरेको छ ।

प्रदेश निजामती सेवाले खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक अधिकृतको विज्ञापन आह्वान गरेको हो ।

अधिकृत सातौँ तह (प्राविधिक), अधिकृत एघारौँ र नवौँ तह (प्राविधिक र अप्राविधिक), अधिकृत सातौँ (प्राविधिक र अप्राविधिक) पदको लागि बढुवामार्फत पदपूर्ति गर्न विज्ञापन आह्वान गरिएको छ ।

यसैगरी खुला समावेशी र अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गर्नका लागि अधिकृत सातौँ तह प्रशासन सेवा (अप्राविधिक), प्राविधिक तर्फ तथ्याङ्क, इन्जिनियरिङ, कृषि, वन र शिक्षा सेवाका सातौँ तहका अधिकृतको लागि समेत विज्ञापन आह्वान गरिएको छ ।

त्यस्तै खुला प्रतिस्पर्धामार्फत पूति गर्न प्राविधिकतर्फ स्वास्थ्य सेवाको अधिकृत आठौँ तह र अधिकृत सातौँ तहको लागि पनि विज्ञापन गरिएको छ । दरखास्त दिने अन्तिम म्याद साउन २० गतेसम्म र दोब्बर दस्तुर तिरी साउन २७ गतेसम्मका लागि मिति तोकिएको छ । परीक्षाको मिति पछि प्रकाशित गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top