ताजा समाचार


महोत्तरीको भंगहामा प्रहरी प्रशासनकै मिलोमतो अवैध उत्खनन्, घटनास्थलमै जेसीबि समात्दा पनि हुँदैन् कारबाही

द रियल समाचार     २०७८ असार ३०, बुधबार, १८: १५ मा प्रकाशित




महोत्तरी । महोत्तरीमा दशक अघिदेखि हुँदै आएको अवैध उत्खनन अझै रोकिएको छैन् । सरोकारवाला नै प्रभावमा परेपछि अवैध उत्खनन नरोकिएको हो ।

महोत्तरीको भंगहा नगरपालिका–४ बिर्ता सिमा क्षेत्रबाट एक्साभेटर, जेसीबी प्रयोग गरेर अवैध रूपमा उत्खनन भइरहेको छ ।

स्थानीय प्रशासनकै मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन भइरहेको स्थानीयको आरोप छ । रातीको समयमा खोलामै व्यवस्थित तरिकाले २५ फिटभन्दा बढी खाल्डो बनाइ अवैध उत्खनन गरिरहेको स्थानीयको भनाइ छ ।

प्रहरी प्रशासनले नदेख्ने गरी एक्साभेटरहरु खाल्डोमा लुकाएर रातदिन अवैध तरिकाले उत्खनन गर्ने गरिएको छ । खोलाको ठेक्का अहिले बन्द भएपनि खोला क्षेत्रबाट अवैध नदीजन्य पदार्थ उत्खनन भइरहेको छ ।

ठूलो यन्त्र लगाएर नदीजन्य पदार्थ उत्खनन गर्न प्रतिबन्ध छ । तर, ठूला उपकरण यन्त्र प्रयोग गरेर खोलामा उत्खनन भइरहेको छ । स्थानीय सरकारले रोक्ने प्रयास नगरेको स्थानीयको आरोप छ ।

प्रहारीमा स्थानीयको कडा दबाब पछि मंगलबार बेलुका ६ बजे भंगहा नगरपालिका–४ स्थित बिर्ता र पशुपतिनगरको बिचमा रहेको खोलाको खाल्डोमा ना.१ क. ५८५२ नम्बरको जेसिबी भंगहा प्रहरीले समात्यो । तर जेसिबीका चालक फरार भए ।

खाल्डोमा रंगेहात समातिएको जेसीबीको चालक नहुँदा कारवाही अगाडी नबढाएको भंगहा चौकीका सई भरत शिलवालले बताए । यता भंगहा नगरपालिकाका मेयर संजिव साहले यो उत्खननको विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँछन ।

ठेकेदारसँग प्रहरी प्रशासन र स्थानीय तहको मिलोमतोमा अबैध उत्खनन् हुने गरेको स्थानीयको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top