ताजा समाचार


निर्वाचन कार्यतालिका रद्द

द रियल समाचार     २०७८ असार ३०, बुधबार, १६: २९ मा प्रकाशित




काठमाण्डौ । प्रतिनिधि सभा निर्वाचन २०७८ को निर्वाचन कार्यतालिका रद्द गरिएको छ । निर्वाचन आयोगले बुधवार एक सूचना जारी गर्दै निर्वाचनका सबै कार्यक्रम रद्द गरेको हो ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेसँगै निर्वाचन कार्यतालिका पनि रद्द गरिएको छ । यसअघि आयोगले कात्तिक २६ र मंसिर ३ गते निर्वाचन गर्ने भन्दै कार्यतालिका प्रकाशन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top