काठमाण्डौ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
देउवाको निजी निवास बुढानीलकण्ठ पुगेर राजदूत क्वात्राले उनलाई बधाई दिएका हुन् ।
भेटमा राजदूत क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक साझेदारी र जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्न देउवाको टिमसँग मिलेर काम गर्न तयार रहेको बताए ।
प्रतिक्रिया