ताजा समाचार


प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

द रियल समाचार     २०७८ असार ३०, बुधबार, १४: ११ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले सिंहदरबारमा दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै प्रधानमन्त्री बनेका देउवाले संसद अधिवेशन आह्वानका लागि सिफारिस गर्न बैठक बोलाएका हुन् ।

मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभाको अधिवेशन आह्वानका लागि सिफारिस गर्नेछ । सोही सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको बैठक बोलाउनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top