ताजा समाचार


अन्नपूर्ण रियल स्टेटद्वारा जानकी बृद्धाश्रमलाई खाद्यान्न सहयोग

द रियल समाचार     २०७८ असार ३०, बुधबार, १३: ५९ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधामस्थित अन्नपूर्ण रियल स्टेटले जानकी बृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ । बृद्धाश्रममा रहेका २० जना बृद्ध आमाहरुका लागि सो संस्थाले खाद्यान्न सामग्री सहयोग गरेको हो ।

बृद्धाश्रममा १५ बोरा चामल, १ बोरा दाल, नून १ बोरा, आलु २ बोरा, प्याज १ बोरा, तेल ३० लिटर, खुर्सानी, धनिया तथा बेसारको मसाला १÷१ केजी, जिरा २ केजी, पानी, फ्रुटीलगायतका सामग्रीहरु वितरण गरिएको अन्नपूर्ण रियल स्टेट जनकपुरधामका संचालक दिनेश साहले जानकारी दिए ।

उनले आगामी दिनमा कबिर बाल आश्रममा समेत खाद्यान्न सामग्री वितरण गर्ने योजना रहेको बताए । उनले वृद्धाश्रममा भैपरी आउने समस्या समाधानका लागि तन, मन र धनबाट लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

खाद्यान्न वितरण कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहको समेत सहभागिता रहेको थियो । उनले वृद्धाश्रम जस्तो संस्थामा सरकारी स्तरबाट मात्र नभई व्यक्तिगत स्तरबाट समेत यसै प्रकारको सहयोग निरन्तर भईरहनु आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top