काठमाण्डौ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ४१ महिनापछि सरकारी निवास बालुवाटारबाट निस्किएका छन् ।
सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि ओली पदमुक्त भएका थिए ।
देउवाले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिइसकेका छन् । ओली सरकारी निवास छाडेर निजी निवास बालकोट गएका हुन् । उनको बिदाइमा बालुवाटारमा बाक्लो संख्यामा मानिसहरुको उपस्थिति थियो ।
सर्वोच्चको निर्णयपछि ब्यूँतिएको ‘युथ फोर्स’ले ओलीलाई ठूलो संख्यामा सवारी साधनको लावालस्करसहित बालकोट लगेको छ ।सोहीअनुसार ओली बालुवाटारबाट गाडी र मोटरसाइकलको लावालस्करसहित निस्किएका छन् ।
प्रतिक्रिया