ताजा समाचार


पाकिस्तान विरुद्धको एक दिवसीय सिरिजमा इङ्ल्यान्डको क्लिनस्विप

द रियल समाचार     २०७८ असार ३०, बुधबार, १०: २५ मा प्रकाशित




एजेन्सी । पाकिस्तान विरुद्ध तीन खेलको एक दिवसीय सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली इङ्ल्यान्ड विजयी भएको छ । उसले मंगलबार भएको खेलमा ३ विकेटको जित हात पारेको हो ।

जितसँगै इङ्ल्यान्डले सिरिजमा क्लिनस्विप राख्न सफल भएको छ । पाकिस्तानले दिएको ३३२ रनको बलियो लक्ष्य इंग्ल्यान्डले ४८ ओभरमा ३ विकेट गुमाउँदै पुरा ग¥यो । उसका लागि जेम्स भिन्सले शतकीय पारी खेले । ९५ बलको सामना गरेका उनले ११ चौकाको मद्दतमा १०२ रन प्रहार गरे ।

लेविस गेग्रोरीले ६९ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ७७ रनको योगदान दिए । ज्याक क्राउलीले ३९ र कप्तान बेन स्टोक्सले ३२ रन जोडे । पाकिस्तानका लागि हारिस राउफले ४, शादब खानले २ र हसन अलीले १ विकेट हात पारे । यसअघि बर्मिङ्घममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३३१ रनको बलियो योगफल तयार पारेको थियो ।

उसका लागि कप्तान बाबर अजामले १५८ रनको उत्कृष्ट पारी खेले । १३९ बलको सामना गरेका उनले १४ चौका र ४ छक्का प्रहार गरे ।मोहम्मद रिजवानले ५८ बलमा ८ चौकाको मद्दतले ७४ रनको योगदान दिए । इमान उल हकले ७३ बलमा ७ चौकाको मद्दतले ५६ रन प्रहार गरे ।

इंग्ल्यान्डका लागि ब्रेडन कार्सेले ५, साकिब महम्मदले ३, म्याट पार्किनसनले १ विकेट हात पारे । इंग्ल्यान्डले पहिलो खेल ९ विकेट र दोस्रो खेल ५२ रनले आफ्नो पक्षमा पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top