ताजा समाचार


दक्षिण अफ्रिकामा हिंसक विरोध प्रदर्शन जारी, ४५ जनाको मृत्यु

द रियल समाचार     २०७८ असार ३०, बुधबार, १०: १८ मा प्रकाशित




एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई पछिल्लो साता जेल चलान गरेसँगै भएको हिंसक विरोध प्रदर्शनमा अहिलेसम्म ४५ जनाले ज्यान गुमाइसकेका छन् ।

४५ जनामध्ये १० जनाको सोमबार रात सोवेटोस्थित सपिङ सेन्टरमा लुटपाट गर्ने क्रममा भागदौड मच्चिँदा मृत्यु भएको थियो । बितेको बिहीबारबाट दक्षिण अफ्रिकामा विरोध प्रदर्शन सुरु भएको थियो । जुन विरोधले शनिबार आइतबार हिंस्रक रूप लियो । प्रदर्शनकारीले सपिङ मलमा आगो लगाइ अन्य पसल तोडफोड गरेका थिए ।

सरकारले सेनाको सहयोगबाट अहिलेसम्म करिब ८०० मानिसलाई गिरफ्तार गरेको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले अहिले भइरहेको हिंसालाई सन् १९९० पछिकै ठूलो हिंसाको रूपमा लिएका छन् ।

सुरक्षाकर्मीको संख्या प्रदर्शनकारीको संख्याभन्दा निकै कम भएकाले स्थिति नियन्त्रणमा लिन गाह्रो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top