ताजा समाचार


जोन्सन एण्ड जोन्सनको खोप साउन ४ गतेदेखि लगाउन सुरु गरिने

द रियल समाचार     २०७८ असार २९, मंगलवार, १५: ४३ मा प्रकाशित




काठमाण्डौ । अमेरिकाबाट सोमबार नेपालले प्राप्त गरेको जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्धको खोप काठमाडौँ जिल्लामा साउन ४ गतेदेखि लगाउन सुरु गरिने भएको छ ।

कोभ्याक्स सुविधामार्फत अमेरिकाले नेपाललाई उपलब्ध गराएको एक डोज मात्रै दिइने जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले पाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा बसेको बैठकले काठमाडौँका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप दिने निर्णय गरेको हो । अमेरिकाबाट हिजो जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार जोन्सन एण्ड जोन्सनको खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने सोमबार नै सरकारले निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top