ताजा समाचार


भारतीय क्रिकेटर यशपाल शर्माको निधन

द रियल समाचार     २०७८ असार २९, मंगलवार, १५: ३१ मा प्रकाशित




एजेन्सी । भारतीय क्रिकेटर तथा सन् १९८३ को विश्व विजेता यशपाल शर्माको निधन भएको छ । शर्माको हुदयघातका कारण ६६ वर्षको उमेरमा निधन भएको हो ।

शर्माले भारतका लागि ३७ टेस्ट खेलमा १६०६ रन बनाएका थिए । उनी सन् १९८३ को विश्व कपको हिरो थिए । प्रतियोगिताको सुरुवातदेखि नै उनको भूमिका उल्लेखनीय थियो ।

सुनील गावसकर यशपाल शर्मालाई मुश्किल समयका ब्याट्म्यान भन्ने गर्दथे । टिम जब संकटमा आउँथ्यो तब उनी दृढ विश्वासका साथ डटेर खेल्थे । उनले भारतीय टिमको सेलेक्टरको रूपमा पनि काम गरेका थिए ।

शर्माको निधनले विशेष गरी खेल जगत स्तब्धित भएको छ । शर्माको निधनमा विभिन्न खेलाडी, कलाकार तथा राजनीतिज्ञले समवेदना प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top