ताजा समाचार


परमादेश देउवाको पक्षमा आएपनि जनादेश आफ्नै पक्षमा रहने ओलीको दावी

द रियल समाचार     २०७८ असार २९, मंगलवार, १४: ५२ मा प्रकाशित




काठमाण्डौ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट बाहिरिनुपर्दा आफूलाई रत्तिभर पनि चिन्ता नरहेको बताएका छन् ।

देशवासीका नाममा विशेष सम्बोधन गर्दै उनले सर्वोच्च अदालतको परमादेश शेरबहादुर देउवाको पक्षमा आएपनि जनादेश भने आफ्नै पक्षमा रहने दावी समेत गरे ।

उनले अदालतले गरेको फैसलाले लामो समय देशमा असर रहने बताए । समग्र राजनीतिलाई पछाडि फर्काएको र यसको समीक्षा भविष्यले गर्ने उनको धारणा छ ।

उनले आफूले फैसलाको पालना गर्ने विषयमा पार्टी स्पष्ट भएको पनि बताएका छन् । अदालतको फैसला निश्चित व्यक्तिको स्वार्थ पूर्तिका लागि भएको उनको भनाई छ ।

आफूले जीवन लोकतन्त्रका लागि समर्पित गरेको बताउँदै उनले राज्यका अंगहरुको निस्पक्षता हुनुपर्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top