काठमाण्डौ । सर्वोच्च अदालतको सोमबारको आदेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई मंगलबार दिउँसो प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
देउवाले आजै शपथ लिँदै छन् । कांग्रेसबाट आज एक जना मात्रै मन्त्री बन्ने सम्भावना देखिएको छ । अहिलेसम्म प्रधानमन्त्री बाहेक कांग्रेसका एक जना मात्रैको नाम टुंगो लागेको छ ।
कोइरालाको सचिवालयका अनुसार बालकृष्ण खाँड र ज्ञानेन्द्र कार्की मध्ये एकजनाले आज मन्त्रीको शपथ लिने तयारी छ । मंगलबार शशांक र देउवाबीचको छलफलका क्रममा यही निर्णय भएको थियो ।
प्रतिक्रिया