एजेन्सी । पछिल्लो समयमा बलिउडमा रिमेकको भूत सवार भएको छ । कबिर सिंहले दृश्यमजस्ता साउथ इन्डियन फिल्मको हिन्दी रिमेकले निकै चर्चा पाए ।
यसै क्रममा फिल्म निर्माता विक्रम मलहोत्राले पनि सन् २०२० मा रिलिज भएको साउथ सुपरस्टार सूर्या अभिनित चलचित्र सोरारई पोटरु (उडान) को हिन्दी रिमेक गर्ने भएका छन् ।
फिल्म निर्माता विक्रम मल्होत्राले बितेका केही महिनादेखि सोरारई पोटरु फिल्मको मेकर्स ‘२ डी इन्टरटेनमेन्ट’ सँग रिमेक गर्ने बारेमा छलफल गर्दै आएका थिए । अब भने मल्होत्राको प्रस्तावलाई स्वीकार गरिएको छ ।
हिन्दी रिमेकको निर्देशन सुधा कोंगराले गर्नेछिन् । सुधाले नै सोरारई पोटरुको कथा लेखेकी थिइन् । रिमेकमा अजय देवगण, जन अब्राहम, अक्षय कुमार र ऋतिक रोशनमध्ये एकलाई लिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सोरारई पोटरु आइएमडिबीमा सबैभन्दा धेरै रेटिङ पाउने चलचित्रको सूचीमा तेस्रो स्थानमा आउन सफल भइ विश्व रेकर्ड बनाएको थियो ।फिल्मलाई ९.१ रेटिङ दिइएको छ । यस फिल्मभन्दा अगाडि ‘गड फादर’ लाई ९.२ र ‘द शशांक रिडेम्सन’ लाई ९.३ रेटिङ दिइएको छ ।
प्रतिक्रिया