जनकपुरधाम । सर्वोच्च अदालतको फैसला आएसँगै जनकपुरधाममा विपक्षी गठबन्धनले विजयी जुलुस निकालेका छन् ।
अदालतले संसद पुनःस्थापना गरेको भन्दै संयूक्त विद्यार्थी संगठनको अगुवाईमा सोमबार जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको जुलुसले नगरभरि प्रदर्शन गरेका छन् ।
संयूक्त विद्यार्थी संगठनले रेल्वे स्टेशनबाट निकालेको जुलुस भानुचोक, शिवचोक, जनकचोक, रामचोक, सोनारपट्टी, जानकी चोक हुँदै पुनः जनकचोकमा पुगि कोणसभामा परिणत भएको थियो ।
कोणसभामा परिणत हुनु पूर्व विद्यार्थीहरुले अदालतको फैसलालाई स्वागत गर्दै विजयी उत्सव स्वरुप मैनबत्ती प्रज्वलन गरेर खुसियाली मनाएका थिए ।
अदालतले संसद पुनःस्थापना गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको फैसलाको भव्यतापूर्वक स्वागत गरेको छ ।
जुलुस प्रदर्शनको क्रममा अखिल क्रान्तिकारी धनुषा, अनेरास्ववियू धनुषा, नेविसंघ र समाजवादी विद्यार्थी यूनियन लगायतका संंगठनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया