ताजा समाचार


बारामा नक्कली सवारी पास बनाउने दुई युवक प्रहरीको फन्दामा

द रियल समाचार     २०७८ असार २८, सोमबार, १६: १४ मा प्रकाशित




बारा । बारामा नक्कली सवारी पास बनाउने दुई युवक प्रहरीको फन्दामा परेका छन् ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१७ बस्ने २१ वर्षीय जयनारायण प्रसाद जयसवाल र वडा नम्बर–३ बस्ने ३० वर्षीय गोपालप्रसाद साह रहेका छन् ।

प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित सडकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा कलैयादेखि काठमाण्डौ जान लागेको ना १ ज ७२८८ नम्बरको गाडीधनी जयनारायणको साथबाट नक्कली सवारी पास फेला पारेको थियो । सो सवारी पासमा जिल्ला प्रशासन कार्यालय बाराको छाप र अधिकृतको दस्तखतसमेत किर्ते रहेको भेटिएको छ ।

सोधपुछ गर्दा उनले कलैया–४ स्थित मालपोत कार्यालय अगाडिको दाइभाइ फोटो स्टुडियो एण्ड जनरल स्टोरबाट बनाएको बताएका थिए ।पसल खानतलासी गर्ने क्रममा थप तीन थान नक्कली सवारी पास तथा पास बनाउन प्रयोग गरिएका विभिन्न उपकरण फेला परेपछि गोपाललाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

पसलबाट प्रहरीले २ थान प्रिन्टर, एक थान कम्युटर र तीन वटा नक्कली सवारी पास बरामद गरेको हो । पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय सिमरामा राखी लिखत सम्बन्धी कसुर किर्ते मुद्दामा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top