ताजा समाचार


ओलीको समर्थनमा जनकपुरमा युवा संघको प्रदर्शन

द रियल समाचार     २०७८ असार २८, सोमबार, १६: ०६ मा प्रकाशित




जनकपुरधाम । सर्वोच्च अदालतको फैसलापछि केपी ओलीको समर्थनमा जनकपुरधाममा प्रदर्शन भएको छ । एमालेको युवा संघ समर्थित युवाहरु सडकमा निस्किएका हुन् ।

उनीहरुले ‘सर्वोच्चको फैसला मानिँदैन’, ‘आइ एम विथ केपी ओली,’ केपी ओली ‘आइ लभ यू’, आज होइन् ओलीलाई दश बर्ष ओलीलाई, केपी ओली जेटमा भ्रष्टाचारी जेलमा भन्दै नारावाजी समेत गरेका छन् ।

सर्वोच्चको फैसला सार्वजनिक हुनेबित्तिकै ओली समर्थित नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन । जनकपुरधामको पिडारी चोकमा यूवा संघका कार्यकर्ताले टायर बालेर सर्वोच्चको फैसालाविरुद्ध प्रदर्शन गरेका छन् ।

प्रदर्शनअघि राष्ट्रिय यूवा संघले केपी ओलीको समर्थनमा जनकपुरमा मोटरसाइकल जुलुस समेत निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top