ताजा समाचार


संविधानको रक्षा भयो : प्रचण्ड

द रियल समाचार     २०७८ असार २८, सोमबार, १५: २५ मा प्रकाशित




काठमाण्डौ । सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै विपक्षी गठबन्धनका नेताहरुले यसलाई स्वागत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसदलाई पुनस्र्थापना गर्ने फैसला आएसँगै विपक्षी गठबन्धनमा रहेका नेताहरुले सर्वोच्चको फैसलाको स्वागत गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यसले संविधानको रक्षा भएको बताएका छन् ।

‘अदालतको फैसलाले संविधानको रक्षा गरेको छ,’ उनले संक्षिप्त प्रतिक्रिया दिएका छन्, ‘अग्रगमनको यात्रामा अब देश अगाडि बढेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top