ताजा समाचार


ओली समर्थकहरु सडकमा, गिरफ्तारी दिने तयारी

द रियल समाचार     २०७८ असार २८, सोमबार, १४: १७ मा प्रकाशित




काठमाण्डौ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका निर्णयलाई बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै ओली समर्थक सडकमा निस्किएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि नै पार्टीका जनवर्गीय संगठनलाई बोलाएर आन्दोलन गर्न तयार रहन निर्देशन दिइसकेका थिए । यही कारण नेपाल खेलकुद महासंघ तथा युवा संघले आइतबार काठमाडौंमा प्रदर्शन पनि गरेका थिए ।

आज पनि यी संगठनहरु अहिले आन्दोलनको तयारीमा जुटेका छन् । नेपाल खेलकुद महासंघका केही पदाधिकारीहरुले सर्वोच्चको आदेशविरुद्ध आफूहरु आन्दोलनमा जाने तयारीमा रहेको बताएका छन् । उनीहरुले प्रहरीसामु गिरफ्तारी दिने तयारी पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top