ताजा समाचार


साउन ३ गते अपरान्ह ५ बजेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश

द रियल समाचार     २०७८ असार २८, सोमबार, १३: ५६ मा प्रकाशित




काठमाण्डौ । सर्वोच्च अदालतले एक हप्ता दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको छ ।

संसद विघटन विरुद्धमा परेका रिटहरुमाथि फैसला सुनाउँदै सर्वोच्च अदालतको संवैधानिक इजलासले आगामी सात दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश जारी गरेको हो ।

इजलासले साउन ३ गते अपरान्ह ५ बजेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको इजलासले यस्तो आदेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top