जनकपुरधाम । प्रदेश २ का मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाले सर्वाेच्च अदालतको निर्णयलाई स्वागत गरेका छन् । उनले सर्वोच्चको यो निर्णय ऐतिहासिक र महत्वपुर्ण रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै मुख्यन्यायाधिवक्ता झाले यस निर्णयले लोकतन्त्र, संसदीय व्यवस्था र संविधानवादको विजय भएको जिकिर गरेका छन् ।
संविधानको धारा ७६(५) बमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको आदेश संविधानको मर्म र भावना बमोजिम रहेको उनको धारणा छ । उनले आदेशको पुर्णतः र तत्काल कार्यान्वयन हुने अपेक्षा समेत गरेका छन् ।
प्रतिनिधिसभा विघटनको निर्णय संविधान र २०७७ फागुन ११ मा गरेको फैसलाको मर्मविपरीत रहेको भन्दै सर्वोच्चले बदर गरेको हो ।
प्रतिक्रिया