ताजा समाचार


देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश

द रियल समाचार     २०७८ असार २८, सोमबार, १३: ३७ मा प्रकाशित




काठमाण्डौ । सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ ।

जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्चले यस्तो परमादेश जारी गरेको हो ।

राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । देउवालाई असार २९ गते साँझ ५ बजे भित्र राष्ट्रपति समक्ष दाबी पेश गर्न र प्रधानमन्त्री नियुक्त गर्न आदेश दिइएको छ ।

प्रतिनिधिसभा विघटनको निर्णय संविधान र २०७७ फागुन ११ मा गरेको फैसलाको मर्मविपरीत रहेको भन्दै सर्वोच्चले बदर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top